बाह्रसिंघेले बेच्दैछ म्याद नाघेका बियर, २२ लाख मूल्य बराबरका बियर बरामद

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएको बियर बिक्री गर्ने गोदाममा छापा मारेको छ । ती स्थानबाट २२ लाख मूल्य बराबरका बियर बरामद भएको विभागले जनाएको छ । 

यीमध्ये अधिकांश बाह्रसिंघे बियर रहेको पाइएको छ ।

काठमाडौंको सिनामंगलमा रहेको सिके ट्रेडिङमा छापा मार्दा उक्त परिमाणमा बियर बरामद भएको हो ।

यस्ता बियर भोजभत्तेर तथा रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

विभागले मंगलबार पनि उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङबाट बरामद गरेको थियो ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १९:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया