सिभिल बैंकद्वारा बालविकास समाजलाई एक लाख प्रदान

काठमाडौं– सिभिल बैंक लिमिटेडले बाल विकास समाजलाई एक लाखको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  हस्तान्तरण गरेका थिए । 
 
देशको भविष्य युवापुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्दै आएको सिभिल बैंकले जनाएको छ । 

बैंक्ले स्थापनाकालदेखि नै पाँचखालमा सञ्चालित ‘समाज कल्याण बालगृहका तीन अनाथ बालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च बेहोर्दै आइरहेको छ । बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रूपमा सहयोग उपलब्ध गराउँदै आइरहेको बैकले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १४:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया