नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६ सय रूपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार छ सय रूपैयाँ तोकिएको सुनको मूल्य बिहीबार एक लाख तीन हजार रूपैयाँ कायम भएको हो।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार पाँच सय छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार दुई सय ८५ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।