सर्वोच्च अदालतमा न्यायाधीश पद रिक्त

काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएपछि सर्वोच्च अदालतमा मंगलबारदेखि सो पद रिक्त भएको छ । 

प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा नेपालको संविधानको धारा १३१ को खण्ड (क)बमोजिम निजको पद हुने रिक्त हुनेछ । वरिष्ठतम विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति भण्डारीसमक्ष मंगलबारै राजीनामा दिएका हुन् । 

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले अदालतमा काम गरिरहेका थिए । प्रधानन्यायाधीशमा जबरा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । 

त्यसयता जोशी बिदामा बसेका थिए । उनको कार्यकाल आगामी जेठसम्म थियो । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १७:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया