सेयर बजारमा बाइस अंकको सुधार

काठमाडौं– लगातार ओरालो लाग्दै आएको सेयर बजारमा मंगलबार भने दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत मंगलबार ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १ सय ६७ कम्पनीको सात लाख १४ हजार ८ सय ७६ कित्ता सेयर रु २१ करोड ४५ लाख ८८ हजार ६ सय १९ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएको छ । 

सबै उपसमूहको सेयर कारोबार वृद्धि हुँदा बजारमा सकारात्मक परिवर्तन देखिएको हो । बैंकिङ १४.६९, होटल २३.०५, विकास बैंक २१.१६, जलविद्युत् २७.०५, वित्त स्थिर रहेको छ । 

निर्जीवन बिमा १५३.९३, उत्पादन ६.१३, अन्य १५.५४, लघुवित्त ४१.२८ र जीवन बिमा २५१.७३ बिन्दुले बढेको छ । बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाका सेयरधनीले नौ प्रतिशतले कमाएका छन् । 

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले मंगलबार सात प्रतिशत बढीले कमाएका छन् । 

यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सेयरधनीले १० प्रतिशतले गुमाउँदा खानीखोला हाइड्रोपावर ३.७५ र आँखुखोला जलविद्युत् कम्पनीका सेयरधनीले २.४६ प्रतिशतले गुमाएका छन् । 



कारोबारका आधारमा मंगलबार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको एक करोड २७ लाख ९३ हजार, नागरिक लगानी कोषको ९७ लाख १९ हजार ६ सय९० रुपैयाँ, नेपाल बैंक लिमिटेडको ८९ लाख ९२ हजार ४ सय ९५ रुपैयाँबराबरको सेयर कारोबार भयो । 



  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १७:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया