राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गरेका छन्। उनी लिग २ मा ५० विकेट लिने तेस्रो खेलाडी हुन् भने नेपालका पहिलो खेलाडी हुन्।
त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै लामिछानेले ५१ विकेट लिएका हुन्। सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन्।
यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्। उनको नाममा ७६ विकेट रहेको छ। दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल (५८ विकेट) रहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।