तीन पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान

नेपाली सेनाले तीनजना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । सेनाको दुई सय ६०औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपालसहित तीनजनालाई सो पदक दिइएको हो ।

सेनाको दुई सय ६०औँ स्थापना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उनीहरूलाई उक्त पदक प्रदान गरेका हुन्।

प्रधानसेनापति प्रशंसा पदक प्राप्त गर्नेमा प्रख्यात सञ्चारमाध्यम अल जजिरा सञ्चारमाध्यमका नेपाल प्रतिनिधि विष्णुप्रसाद घिमिरे (कल्पित) र पर्दाफास डटकम अनलाइनका संस्थापक दीपक खरेल छन्। 

पछिल्ला वर्ष सेनाले समाजको विभिन्न विधामा विशिष्ठ योगदान पुर्‍याउनेलाई सेना दिवसका अवसरमा प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्दै आएको छ ।





  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार १७:४८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया