प्रधानमन्त्री दाहाल र कांग्रेस नेता निधिबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेस​का नेता विमलेन्द्र निधिले भेटवार्ता गरेका छन् । निधिले प्रधानमन्त्रीसँग शनिबार बिहान बालुवाटारमा भेट गरेका हुन् । 

भेटवार्तामा कालीगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

नेपाल सरकारको स्वीकृति र गण्डकी प्रदेश सरकारको निर्णयमा जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुईवटा शिला भारतको अयोध्यास्थित राम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टलाई हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा निधि सहभागी थिए ।

भेटमा निधिले महेन्द्रनारायण निधिको जन्मजयन्ती समारोहमा प्रचण्डलाई निम्तो दिएको उनको सचिवालयले जनाएको छ । 

वर्तमान सत्तासमीकरण फेरबदलको चर्चा चलिरहँदा देउवाका विश्वासपात्र निधि र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 





  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार २०:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया