यूएईले अफगानिस्तानलाई ९ विकेटले हरायो

अफगानिस्तानविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली यूएई ९ विकेटले विजयी भएको छ । अफगानिस्तनाविरुद्ध यूएईको यो अहिलेसम्मकै फराकिलो जित हो । 

गएराति सम्पन्न खेलमा अफगानिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य यूएईले १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि मोहम्मद वसीमले आक्रामक पारी खेले । ५० बलको सामना गरेका उनले सात छक्का र आठ चौकाको मद्दतमा ९१ रन बनाए ।  

त्यस्तै, वृत्य अरविन्द ३८ र कप्तान चुन्दगापोयल रिजवान ९ रनमा अविजित रहे । अफगानिस्तानका लागि करिम जनतले मात्र एक विकेट लिन सके । 

त्यसअघि आबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

उसका लागि नजिबुल्लाह जद्रानले २९ बलमा ५ चौका र एक छक्कासहित सर्वाधिक ३९ रन बनाए । त्यस्तै, हजरतुल्लाह जजाईले २७, अफसर जजाईले १८, रहमानउल्लाह गुर्बाजले १५, कप्तान राशिद खानले अविजित १४ र अजमातुल्लाह उमरजाईले १२ रन जोडे । यूएईका लागि जवर फरीद, जाहूर खानले दुई/दुई, जुनैद सिद्दिकी र अकिब राजाले एक/एक विकेट लिए ।

यो जितसँगै तीन खेलको सिरिज १–१ को स्थितिमा आएको छ । पहिलो खेलमा अफगानिस्तानसँग यूएई ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान र यूएईबीचको निर्णायक तथा तेस्रो खेल आज हुँदैछ ।   





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार ६:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया