बैतडीमा जिप दुर्घटना, तीनजना घाइते
फरकधार / ७ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

दार्चुलाको गोकुलेश्वरबाट बैतडीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 



से १ ज ९२७ नम्बरको जिप दशरथचन्द राजमार्गको देहीमाण्डौं घुसिल्लामा आइतबार बिहान भएको दुर्घटनामा तीनजना घाइते भएका हुन् ।



घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 



जिपमा नौजना यात्रु सवार थिए । जिप सडकबाट करिब ३ मिटर तल खसेको छ । अनियन्त्रित भइ जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 







  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १२:४७:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया