केही दिनमा पुरानै गठबन्धन ब्युँतिन्छ, राष्ट्रपति कांग्रेसबाटै बन्छ : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति कांग्रेसबाट निर्वाचित हुने दाबी गरेका छन् । 

नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका हुन् । 

राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले भने,‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शंका छैन ।’

संविधानको संरक्षण र कार्यान्वयनको जिम्मेवारी राष्ट्रपतिमा रहेको भन्दै महामन्त्री शर्माले कांग्रेसले सो जिम्मेवारी राम्ररी बहन गर्न सक्ने बताए । 

अबको केही दिनमा पुरानै गठबन्धन ब्युँतिने दाबी गर्दै शर्माले पहिलो दलका रुपमा कांग्रेसले सरकार गठन गर्न नसक्नुका त्रसटिबारे छलफल गरिने बताए । 





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १६:२६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया