२२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले सुरु गर्यो ‘जनसंघर्ष’

काठमाडौं– प्रजातन्त्र दिवसका दिन राजधानीमा प्रदर्शनसहित राप्रपाले जनसंघर्ष सुरु गरेको छ । हिन्दुराष्ट्र पुनःस्थापनालगायत विभिन्न २२ बुँदे माग राखेर राप्रपाले आजबाट राष्ट्रवादी जनसंघर्ष सुरु गरेको हो ।

राप्रपाले उपत्यकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई, प्रदेशमा प्रदेशका मुख्य मन्त्रीलाई र सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पेस गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा गएको पार्टीको प्रतिनिधिमण्डलले जनसंघर्षको २२ बुँदे मागसहितको ज्ञापनपत्र आज सम्माननीय प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । 

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा ज्ञापनपत्र पेस गरेपछि राप्रपाले आजै र्यालीसहित जनसंघर्षको शुभारम्भ गर्यो । अध्यक्ष थापाको नेतृत्वमा नयाँबानेश्वरबाट सुरु भएको जुलुस माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई अध्यक्ष थापा, नेता बुद्धिमान तामाङलगायत नेताहरूले सम्बोधन गरे ।

पार्टीले मागपत्रमा उल्लेख गरेका विषय फागुन मसान्तसम्ममा सम्बोधन गरिनुपर्ने समयसीमा तोकेको छ । निर्धारित समयसम्ममा माग सम्बोधन नभए वा हुन नसके फागुन ३० गते काठमाडौंमा हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने राप्रपाले जनाएको छ ।



राप्रपाले जनसंघर्षकै कार्यक्रमअन्तर्गत आफूले सरकारसमक्ष पेस गरेका मागहरूबारे जनमत सिर्जना गर्न, जनतालाई जागरुक तुल्याउन फागुन १५ देखि ३० सम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी तीव्रताका साथ गरिरहेको बताएको छ । 



  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १८:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया