राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेस सभापति देउवालाई महामन्त्री शर्माको प्रस्ताव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न उनकै पार्टीका एक महामन्त्रीले प्रस्ताव गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पार्टी यस्तो प्रस्ताव गरेका हुन् । 

कांग्रेसबाट राष्ट्रपतिमा पहिलो नम्बरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, दोस्रोमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको उनले बताए । 

महामन्त्री शर्माले केही दिनअघि नेताहरुसँग भएको छलफलमा पनि सभापति देउवा स्वयंलाई राष्ट्रपतिको उम्मेदवार बन्न सुझाएका थिए । महामन्त्री शर्माले भने राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताए ।





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार २०:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया