लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी, भण्डारीलाल अहिर कृषिमन्त्री
फरकधार / ७ फागुन, २०७९

लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्थामन्त्रीमा जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर नियुक्त भएका छन् । अहिर जसपा प्रदेश संसदीय दलका नेता 
हुन् ।



अहिरले भोलि पद तथा गोपनियताको शपथ लिनेछन्। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी नयाँ जिम्मेवारी तोकिएको छ। 

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको वेला विश्वासको मत दिएको जसपाले विश्वासको मत दिएको थियो । 



माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा नअटाएको सो पार्टीलाई आज कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सरकारमा समाहित गरिएको हो । 



अब प्रदेशमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५ माओवादी केन्द्रबाट ३, जनमत, राप्रपा र जसपाबाट ११ मन्त्री छन्।

  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार २०:५२:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया