\
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सानदार जित हात पारेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले लेस्टर सिटीविरुद्ध ३–० को जित हात पारेको हो ।
युनाइटेडको जितमा मार्कस रासफोर्डले दुई तथा जाडोन सान्चोले एक गोल गरे । खेलको २५ औं मिनेटमा रासफोर्डको गोलबाट युनाइटेडले सुरुआती अग्रता लियो ।
५६ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । खेलको ६१ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई ३–० गोलको जित दिलाए ।
यो जितसँगै युनाइटेडले २४ खेलबाट ४९ अंक जोडेको छ । ऊ तेस्रो स्थानमा रहेको छ । पराजित लेस्टर २४ अंकका साथ १४ औं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।