क्याडिजविरुद्ध बार्सिलोनाको सहज जित

क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले क्याडिजविरुद्ध २–० को जित हात पारेको हो ।  

बार्सिलोनाको जितमा सर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले गोल गरे । बार्सिलोनाले दुवै गोल पहिलो हाफको अन्त्यतिर गरेको हो । ४३औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।   

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । यो जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई ८ अंकले पछि पारेको छ । 

बार्सिलोनाले २२ खेलबाट ५९ अंक जोडेको छ । समान खेल खेलेको दोस्रो स्थानको रियलको ५१ अंक छ । पराजित क्याडिज २२ अंक जोडेर १७औं स्थानमा छ । 





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार ७:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया