लुम्बिनी सरकारमा जसपा पनि सहभागी, नयाँ मन्त्रीको शपथ आज

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ । जसपा भण्डारी लाल अहिरको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागी भएको हो । 

मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गर्दै जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई मन्त्री नियुक्त गरेका हुन् । 

भण्डारीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी पाएका एमालेका तुलसीराम शर्माले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी पाएका छन् ।   

नवनियुक्त मन्त्री अहिरले आज बिहान ११ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी हेरफेर र नियुक्ति गरी आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।  





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार ८:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया