साथीहरुसँग मिलेर श्रीमतीको हत्या, तीनजना पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१९ का रमेश साहलाई पक्राउ गरेको छ । २८ वर्षीया प्रियंका सुनारको हत्या आरोपमा उनका पति साहसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रियंकाका श्रीमान् र कटहरी गाउँपालिका–५ का रमानन्द राम यसअघि नै पक्राउ परेका थिए भने सोमबार थप एकजना पक्राउ परेका हुन् । सोमबार कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डिएसपी कार्कीको भनाइ छ ।

प्रियंकाको शव आइतबार दिउँसो १२ बजेतिर मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १७:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया