काठमाडौं जिल्ला अदालतले विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
रेग्मी साइबर अपराधको आरोपमा सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । रेग्मीलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए ।
महेशचन्द्र आचार्यले दिएको उजुरीका आधारमा थाइल्याण्डबाट फर्कंदै गरेका रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । रेग्मीलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
विद्युतीय स्वरुपमा रेग्मीले आफूलगायतको चरित्र हत्या गरेको भन्दै आचार्यले ब्युरोमा उजुरी दिएका थिए । यसअघि रेग्मीकी पत्नी लिनालाई पनि प्रहरीले केही दिन हिरासतमा लिएर छाडेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।