सेमिफाइनलबाट बाहिरियो आर्मी

थिम्पु– नेपाली विभागीय टोली त्रिभुवन आर्मी क्लब भुटानमा जारी जिग्मे दोर्जी बाङ्चुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ । 

आज भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित आर्मी भुटानको पारो फुटबल क्लबसँग १–० गोलअन्तरले पराजित भयो । 

पारोको जितमा दिवस सुब्बाले निर्णायक गोल गरे । उनले खेलको ८६औँ मिनेटमा गोल गरे । 

आर्मी पहिलो हाफको ३२औँ मिनेटमै १० खेलाडीमा झरेको थियो । आर्मीका कप्तान भरत खवास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

यसअघि, प्रतियोगितामा क्वार्टरफाइनलमा आर्मीले शुक्रबार भुटानको थिम्पु सिटीलाई ६–० को भारी अन्तरले हराएको थियो । पारोले उपाधिका लागि नेपाली क्लब थ्रीस्टार र भारतको युनाइटेड ब्रदर्शबीचको विजेतासँग खेल्नेछ ।





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १९:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया