देशभरका चार सयभन्दा बढी क्याम्पसमा नेविसंघले फहरायो राष्ट्रिय झण्डा

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले देशभरका चार सयभन्दा बढी क्याम्पसमा राष्ट्रिय झण्डा फहराएको छ । ७३औँ प्रजातन्त्र दिवसको अवसर पारेर नेविसंघले सप्ताहव्यापी रुपमा देशभरका सरकारी विद्यालय, विश्वविद्यालय, क्याम्पसमा राष्ट्रिय झण्डा फहराएको हो । 

नेविसंघ केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार ती क्याम्पसहरुमा वृक्षारोपण र सरसफाइ कार्यक्रमको सुरुवात पनि गरिएको छ । 

विभिन्न प्रदेश कमिटी, जिल्ला समिति र क्याम्पस एकाएहरुको आयोजनामा सो अभियान चलाइएको हो । यस अभियानमा विभिन्न अन्तरक्रिया कार्यक्रम, विचार, गोष्ठी वक्तृत्वकला तथा वादविवादका कार्यक्रमको पनि अभियान सुरु गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए । 





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार २१:५९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया