टर्कीमा फेरि शक्तिशाली भूकम्प

टर्कीमा पुन: शक्तिशाली भूकम्प गएको छ । टर्कीको सरकारी समाचार संस्था अनादलुका अनुसार देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । 

नयाँ भूकम्पमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६ सयभन्दा धेरै व्यक्ति घाइते भएका छन् ।

केही दिनअघि मात्र सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

सो भूकम्पको उद्धार र राहतको कार्य नसकिँदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ । 





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार ८:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया