५२ वर्षसम्म विवाह नगर्नुको कारण बताए राहुल गान्धीले

भारतीय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले केही समयअघि सकेको भारत जोडो यात्रा अहिले पनि भारतमा चर्चा हुने विषय हो ।

उनले यो यात्रालाई एक तपस्याका रुपमा लिएको बताएका छन् ।

इटालीको एक पत्रिकालाई उनले दिएको अन्तर्वार्तामा उनले यो यात्रामा आफूले पाएको ज्ञानलाई निकै गम्भीरताका साथ सेयर गरेका छन् । 

उनले भनेका छन्, ‘यो एउटा तपस्या हो । यो तपस्याबारे पश्चिमी दिमागले बुझ्न मुश्किल छ ।’ उनले यसलाई कसैले बलिदान भन्न सक्ने, कसैले धैर्य भन्न सक्ने पनि बताएका छन् ।’

यही अन्तर्वार्तामा उनले आफूलाई बच्चाहरु निकै मन पर्ने पनि बताएका छन् । उनले आफ्ना पनि बच्चा हुनेछन् भन्ने विषयमा पनि बताएका छन् । 

तर, ५२ वर्षको उमेरसम्म उनले किन विवाह गरेका छैनन् त ? यसबारे पनि उनले पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिले गर्नका लागि अरु धेरै कामहरु छन् ।’





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १२:१०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया