अमेरिकामा धातु उत्पादन कारखानामा विस्फोट : एकको मृत्यु, १३ जना घाइते

अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा १३ जना घाइते भएका छन् ।  

संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एकजनाको मृत्यु भएको तथा १३ जना घाइते भएका सरकारी अधिकारीले पुष्टि गरेका छन् । 

तामा मिश्रित धातु उत्पादन गर्ने  सुम्यान एन्ड कम्पनीमा उक्त विष्फोट भएको हो । विस्फोटमा घाइते भएका सबैलाई अस्पताल लगिएको अग्नि अधिकारीहरूले बताएका छन् ।  

विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनीहरूले जनाएका छन् । सुम्यानको भौतिक संरचनामा व्यापक क्षति भएको छ । विष्फोटपछि बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । उक्त क्षेत्रका धेरै स्थानीयले त्यसबारे गुनासो गरेका  थिए ।  





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १२:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया