आश्वासन मात्र दिने संघीय सरकार पूर्ण असफल – महेन्द्र राय यादव

काठमाडौं– राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले वर्तमान संघीय सरकारले सरकारले जनतालाई आश्वासनबाहेक केही दिन नसकेको बताएका छन् ।

सप्तरीको राजविराजमा पार्टी कार्यालय उद्घाटन गर्दै उनले यो सरकार पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरे । नेपाली जनताको बलिदानीबाट प्राप्त संघीयता असफल बनाउन संघीय सरकार नै लागेको आरोप लगाउँदै उनले विगतमा आफ्नै जिल्लाबाट हुने कामका लागि जनतालाई अर्को जिल्ला पुग्न बाध्य बनाइएको बताए । 

डिभिजन कार्यालयको नाममा दुई जिल्ला हेर्ने गरी खोलिएको कार्यालयले जनतालाई संघीयताको अनुभूति भन्दा सास्ती खेप्नुपरेको भन्दै उनले यस्तो काम बन्द गर्न सरकारलाई आग्रह गरे । 

संविधान संशोधन नभएसम्म राजपा संघीय सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । 

गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतको प्रसंग कोट्याउँदै संयोजक यादवले सरकारले जनताको आवाजसमेत बन्द गराउन खोजेर निरंकुशता प्रदर्शन गरिरहेको आरोप लगाए ।





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १९:५७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया