राष्ट्रपति माग्न महन्थ ठाकुर पुगे बालुवाटार

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । उनी आफूलाइ राष्ट्रपतिको प्रस्ताव लिएर बालुवाटार गएका हुन् । 

लोसपाले सहमतिको आधारमा राष्ट्रपतिमा दाबी गर्ने भएको छ । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले महन्थ ठाकुरलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए ।

अध्यक्ष ठाकुरको साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ला बालुवाटार गएका छन् ।

मंगलबार बसेको लोसपाको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेको थियो । 

राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति नबनरिहेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसमक्ष राख्ने लोसपाको तयारी छ । 

लोसपाका नेताहरुले आज नभए भोलि बिहानसम्म देउवा र ओलीलाई पनि भेट्ने तयारी गरेका छन् । 
 





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १६:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया