logo-img

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधामन्त्रीको बधाई

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेपछि प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट टोलीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्विप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

घरेलु सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित निकालेको हो। स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ३५ बल बाँकी हुँदै पूरा गरेको थियो।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया