महन्थलाई राष्ट्रपतिमा समर्थन जुटाउन लोसपा नेताको दौडधूप

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेताहरु भावी राष्ट्रपतिमा महन्थ ठाकुरको नाम प्रस्ताव गर्दै दौडधूपमा जुटेका छन् । मंगलबार उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यसबारे प्रस्ताव राखेका छन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतीय राष्ट्रपतिको प्रसंग उठाएपछि कांग्रेस र एमलेका नेताहरु आफ्नो रोजाइको राष्ट्रपति बनाउन कम्मर कसेर लागेका छन् । सोही कारण ठाकुरलाई एमाले अध्यक्ष केपी शर्मा ओलील्े भावी राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए । यसअघि महन्थको नाममा देउवा पनि सकारात्मक रहेको बताइएको थियो । 

प्रमुख दुई दलले आफ्नो राष्ट्रपति बनाउन नसकेको खण्डमा लोसपा अध्यक्ष ठाकुरलाई समर्थन गर्ने सो पार्टीको बुझाइ छ । 

राष्ट्रपतिका लागि आगमी १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । सो दिन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुको दौडधूप चलिरहेको हो । 

‘महन्थजीलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका छौं,’ नेता शरदसिंह भण्डारीले भने, ‘अहिलेका लागि उपयुक्त पात्र उहाँ नै हो भन्ने हाम्रो निष्कर्ष पनि सुनाएकौ छौं ।’ उनका अनुसार सहमतीय राष्ट्रपतिका लागि राजनीतिक दलहरु बीच छलफल चलिरहेको र निष्कर्ष निस्कन नसकेको प्रधानमन्त्रीले जवाफ दिएका छन् । 

प्रधानमन्त्री निवासमा ठाकुरलाई लिएर राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झालगायतको नेता पुगेका थिए ।



लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माओवादी केन्द्रपछि नेपाली कांग्रेससँग पनि छलफल र वार्ता गर्ने भएको छ । 



  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १९:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया