रणवीर आलियाले अवार्ड पाएपछि फेरि नेपोटिज्मको बहस सुरु गरिन् कंगनाले

मुम्बईमा दादा साहेब फाल्के इन्टरनेसनल फिल्म फेस्टिभल २०२३ को आयोजना भएपछि यो विवादमा घेरिएको छ । 

कार्यक्रममा आलिया भट्टलाई फिल्म गंगूबाई काठियावाडीका लागि उत्कृष्ट अभिनेत्री तथा उनका पति रणबीर कपुरलाई फिल्म ब्रह्मास्त्रका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । 

योसँगै यसलाई अभिनेत्री कंगना रनौटले फेरि आलोचना गरेकी छिन् । 

सामाजिक सन्जलामा उनले यो अवार्डलाई गलत मात्र बताएकी छैनन्, आलिया र रणबीरलाई अवार्ड दिनु नेपोटिज्म भएको र यसका कारण अरु अभिनेता तथा अभिनेत्री छायामा परेको आरोपसमेत लगाएकी छिन् ।

उनले नेपोटिज्म माफियाले फेरि जित निकालेको समेत बताएकी छिन् । उनले बलिउडमा दिइने अवार्डहरु ठूलो धोका भएकोसमेत बताएकी छिन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार २०:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया