नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनको अनुहार करिब पुरानै अवस्थामा फर्किएको छ ।
कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा पुगेर भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको जानकारी लिएको जानकारी दिएका छन् । पन्थीका अनुसार अब भण्डारीलाई इटी ट्युबमा राख्न नपर्ने भएको छ ।
भण्डारीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई भोलिसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिनेछ । भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिनेछ ।
इन्फेक्सनको मात्रा कम हुँदै गएको र अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको पन्थीले जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय चन्द्र दाजीले भित्र आऊ भन्दै बोलाइरहनु भएको थियो । दाइले इशारा र आवाजमा बोलाउँदै मलाई नेपाल लैजाऊ भन्दै हुनुहुन्थ्यो। तर, डाक्टरहरूको निर्देशनबमोजिम बाहिर सिसाबाट दोहोरो संवाद भयो । दाइले भित्रबाटै हातले आऊ भन्दै बोलाउनु र मेरो मुहार हेरेको हेर्यै गरेको क्षणले दुवैजनालाई निकै भावुक बनायो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।