अमेरिकामा वेल्डिङ कम्पनीमा विस्फोट : दुईको मृत्यु, तीनजना घाइते

अमेरिकाको फ्लोरिडामा एउटा वेल्डिङ कम्पनीमा विस्फोट र आगलागीमा हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् । 

मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । 

दुर्घटनाको छानबिन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि उक्त दुर्घटना भएको हो । 

सोमबारको विस्फोटमा एकको मृत्यु र १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १२:०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया