माधव नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डसँग ओलीको प्रस्ताव

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डसँग प्रस्ताव गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताका क्रममा ओलीले नेपालको नाम प्रस्ताव गरेका हुन् । यद्यपि, बैठकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको नामबारे पनि चर्चा भएको बताइएको छ । 

एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपतिको उम्मेदवार तय गर्न बुधबार बिहान बालुवाटारमा वान टु वान वार्ता भएको थियो। 

यता, एकीकृत समाजवादीले पनि अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालमध्ये एकजनालाई राष्ट्रपतिमा अघि सार्ने रणनीति लिएको छ। राष्ट्रिय सहमति भए वा जित्ने अवस्था भएमा मात्रै आफ्नो उम्मेदवार अघि सार्ने एसको रणनीति छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने आफूहरुलाई राष्ट्रपतिका लागि कहीँ कतैबाट प्रस्ताव नआएको र आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने विषयको च्याप्टर क्लोज भइसकेको बताएका छन्। 

फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। राष्ट्रपति चुनावका लागि माओवादी केन्द्र निर्णायक छ। 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १६:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया