नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् ।
बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा अध्यक्ष नेपाल र राजदूत चेन सङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।
यस्तै, भेटमा अध्यक्ष नेपालले चिनियाँ राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका दिए ।
सङले राजदूतको रूपमा नेपाल आउन पाउँदा खुसी लागेको भन्दै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।