सिरहाबाट प्रहरीको हतियारसहित नौ लाख रुपैयाँ लुटियो

सिरहाबाट दिनदहाडै प्रहरीको हतियारसहित नौ लाख रुपैयाँ लुटपाट गरिएको छ । बुधबार दिउँसो जिल्लाको मिर्चैया–कल्याणपुर सडक खण्डस्थित कटहा पुलनजिकैबाट मनि ट्रान्सफरका कर्मचारीको साथबाट लुटेराले नौ लाख रुपैयाँ लुटेका हुन् । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशराज पाण्डेले ज६प ४२५६ नम्बरको मोटरसाइकलमा सवार भई मिर्चैयाबाट कल्याणपुरतर्फ गइरहेका कल्याणपुरस्थित राजाराम मनि ट्रान्सफरका कर्मचारीको साथबाट नौ लाख रुपैयाँ लुटपाट गरिएको जानकारी दिए । 

उनले घटनाको थप विवरण आउन बाँकी रहेको बताए । डिएसपी पाण्डेले अहिले खोजतलासमा लागेकाले थप विवरण पछि दिने बताए ।

लुटेराले प्रहरीको सुरक्षा लिएर गइरहेका मनि ट्रान्सफरका कर्मचारीको साथबाट रकमसहित प्रहरीको हतियारसमेत लगेको बताइएको छ । 

लुटेरा खोज्न सिरहाका हरेक सडक खण्डमा प्रहरी परिचालन गरिएको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १७:५२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया