२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

जनकपुरधाममा ‘अन्तर कलेजस्तरीय क्रिकेट प्रतियोगिता’

जनकपुरधाममा ‘अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता’को आयोजना हुन लागेको छ । विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक महिना नबित्दै यहाँ पुनः फागुन १६ गतेदेखि अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो । 


जनकपुर क्रिकेट एकेडमीको आयोजनामा स्थानीय रंगभूमि मैदानमा उक्त प्रतियोगिता हुने भएको छ । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय क्रिकेट टिमका खेलाडीसमेत रहेका मधेस प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर साहले प्रतियोगितामा जनकपुरधामका निजी तथा सामुदायिक कलेजहरूको सहभागिता रहने जानकारी दिएका छन् । 



लिगको आधारमा हुने प्रतियोगिताहरूमा जनकपुरधाम तथा आसपासका कलेजहरूले भाग लिने उनले बताए । प्रतियोगितामा पहिले आउने १६ वटा टिमलाई सहभागी गराइने र त्यसभन्दा बढी संख्या भए क्वालिफाइङ प्रोसेसको आधारमा छनोट गरिने साहले जानकारी दिए । 

प्रतियोगितामा सहभागिताका लागि अहिलेसम्म १२ वटा टिमले दर्तासमेत गराइसकेको प्रतियोगिताका संयोजक प्रशान्त अरविन्दले जानकारी दिए । 



उनले खेलप्रति रुचि जगाउन र मानसिक तथा शारीरिक रुपमा मजबुत बनाउन तथा क्रिकेटप्रतिको आकर्षण बढाउने उद्देश्यका साथै प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । भोलिको दिनमा क्रिकेट खेलमा युवाहरूलाई अवसरलाई प्रदान गर्नु पनि यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए । 

प्रतियोगिताका विजेता र उप–विजेतालाई आकर्षक ट्रफी प्रदान गर्नुका साथै बेस्ट फिल्डर, बेस्ट बलर, बेस्ट ब्याटसम्यान र बेस्ट किपरलाई पनि प्रोत्साहन स्वरुप प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले जानकारी दिए ।

यसअघि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई छनोट गरी तीनवटा टिम बनाइएको छ । उनीहरू अहिले नियमित अभ्यास गरिरहेका छन् ।



  • प्रकाशित मिति : १० फागुन, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया