लगानीकर्ता खाेज्न बेलायत उँडे अर्थमन्त्री

काठमाडौं– प्रस्तावित लगानी सम्मेलनमा अधिकतम विदेशी लगानी भित्र्याउने तयारीमा जुटेका अर्थमन्त्री डा. युवराज खतिवडा मंगलबार बेलायत प्रस्थान गरेका छन् ।

अर्थमन्त्री खतिवडाले लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल विकास सम्मेलनमा बेलायतका लगानीकर्ताहरु उपस्थित हुनेछन् ।

त्यसपछि, मन्त्री खतिवडाले बेलायतस्थित गैरआवासीय नेपालीका प्रतिनिधि तथा नेपाल–बेलायत चेम्बर अफ कमर्सले आयोजना गर्ने विकास तथा लगानीसँग सम्बन्धित कार्यक्रममा नेपालमा लगानीको सम्भावनाबारे जानकारी गराउनेछन् ।

खतिवडा सचिवालयका एक सहयोगी र लगानी बोर्डका एकजना प्रतिनिधि लिएर लन्डन उडेका हुन् ।





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार २१:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया