विश्वकप एसिया छनोट : नेपालले आज सिंगापुरविरुद्ध खेल्दै
फाइल तस्बिर

आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल बिहान १०ः४५ देखि सुरु हुनेछ । 

नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । सिंगापुर पनि प्रतियोगितामा नेपाललाई स्तब्ध पार्दै सुखद नतिजाको आशामा छ ।

प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार मानिएको छ । नेपाली टोलीको कप्तानी देव खनालले गर्ने छन् । नेपालका लागि १० एकदिवसीय खेलिसकेका देवले विश्वकप छनोटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन चाहन्छन् ।    

हालसम्म नेपालले सात यू–१९ विश्वकप खेलेको छ । सन् २०१६ यता भने नेपालले विश्वकपमा स्थान बनाउन सकेको छैन । यसपटक भने टोली विश्वकपको टिकट काट्ने लक्ष्यका साथ यूएई प्रस्थान गरिसकेको छ । टिम कप्तान देवले पनि नेपाललाई यू–१९ विश्वकपमा पुर्याउन पूरा कोसिस गर्ने बताएका छन् । 

उनले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताए । प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, हङकङ, कुवेत र यूएईको सहभागिता रहेको छ । 

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले श्रीलंकामा सन् २०२४ मा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपालले प्रतियोगितामा दोस्रो खेल शनिबार कुवेतविरुद्ध खेल्नेछ । 



नेपालकाे यू–१९ टोली : देव खनाल (कप्तान), अर्जुन कुमाल, दीपेश कँडेल (उपकप्तान), दीपक डुम्रे (विकेटकिपर), आकाश त्रिपाठी, दीपक बोहरा, दिपक बोहरा, उत्तम थापामगर (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।



  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार ७:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया