बार्सिलोनालाई हराउँदै युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलको राउण्ड अफ १६ को यात्रा गरेको छ । गएराति नकआउट चरणको प्ले अफको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई २–१ ले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेडले अन्तिम १६ को यात्रा तय गरेको हो ।  

क्याम्पनाउमा भएको पहिलो लेगमा युनाइटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका थिए । ओल्ड ट्राफोर्डमा भने युनाइटेडले एक गोलको अग्रता उल्टाएर बार्सिलोनालाई हरायो । 

खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । 

खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को रोमाञ्चक जित दिलाए ।

बार्सिलोना सन् १९९८/९९ को सिजनपछि पहिलोपटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पुग्न चुकेको हो । 
 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार ७:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया