दलका शीर्ष नेताको दौडधूप जारी, आज ‘निर्णायक’ वार्ता

आसन्न राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारमा सहमति जुटाउन आज पनि दलका शीर्ष नेताबीच भेटवार्ता हुँदैछ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । 

प्रचण्ड र ओलीबीचको भेट दिउँसो हुने बताइएको छ । त्यसअघि प्रचण्ड अन्य दलका शीर्ष नेतासँग भेट गर्ने तयारीमा छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको हो । 

बिहीबार माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । 

आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिनसक्ने बताइएको छ ।

राष्ट्रपति पदको निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरू आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।  

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको माओवादी केन्द्रले राष्ट्रिय सहमति खोजिरहेको छ । अन्य दलहरूले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।  





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार ७:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया