दुईतिहाइले संवैधानिक सर्वोच्चता भुलेर संसदीय सर्वोच्चता मात्र सम्झियो – डा. शेखर

बनेपा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको सरकार दुईतिहाइ बहुमतका भएका कारण संवैधानिक सर्वोच्चताको कुरा बिर्सेर संसदीय सर्वोच्चताको मात्रै व्याख्या भएको बताएका छन् । 

गिरिजाप्रसाद कोइराला प्रतिष्ठान काभ्रेपलाञ्चोक शाखाले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा ६९औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्र, शान्ति र विकासका लागि लोकनायक गिरिजाप्रसाद कोइरालको योगदान’ विषयक विचार गोष्ठीमा उनले शक्ति सन्तुलन प्रधानमन्त्रीको हातमा मात्रै राखेको र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई प्रधानमन्त्रीले आफ्नो हातमा लिएको आरोप लगाए । नेताहरुले नेपाली जनताको परीक्षण गर्न खोजेको उनले बताए । 

पार्टीभित्र गुटउपटु भएको बताउँदै डा. कोइरालाले त्यसले राम्रो काम गर्न प्रेरित गर्ने बताए । ‘कुनै पनि पार्टीमा गुट हुनु राम्रो कुरा हो, त्यसले सही खालको काम गर्न उत्प्रेरणा दिन्छ’ उनले भने, ‘तर राजनीतिमा सही संस्कार र नैतिकतालाई जोगाएर राख्न सक्नुपर्छ ।’ 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार २१:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया