सर्वोच्चले दिएन सन्दीपलाई यूएई जान अनुमति, आइतबार फेरि सुनुवाइ

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदनमा अदालतले अनुमति दिन अस्वीकार गरेको छ । 

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो । नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । 

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौंबाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो । उच्चको विदेश जान नपाउने शर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् । 

उनको मागबमोजिम आदेश जारी भएन । आइतबार पुनः सुनुवाइ जारी रहने भएको छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार १७:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया