नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । ओली–नेपालबीच महाराजगञ्जमा भेटवार्ता हो ।
आसन्न राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फुटको संघारमा पुगेको बेलामा ओलीले नेपालसँग भेट गरेका हुन् । ओलीसँगकाे भेटका कारण नेपाल बालुवाटार बैठकमा अन्य नेताभन्दा ढिलो गरी प्रवेश गरेका थिए ।
ओलीले यसअघि पनि अध्यक्ष नेपालसँग भेटवार्ता गरिसकेका छन् । भेटमा उनले नेपाललाई राष्ट्रपतिको प्रस्ताव राखेका थिए । यद्यपि सो प्रस्तावमा ओलीलाई नेपालले स्पष्ट जवाफ नदिएको बताइएको छ ।
पुरानो गठबन्धन ब्यूँताउँदा नेपाललाई कांग्रेस–माओवादीले पाँच वर्षभित्र एक वर्ष प्रधानमन्त्री दिने आश्वासन दिएपछि नेपालले ओलीलाई स्पष्ट जवाफ दिन सकेका छैनन् ।
नेपालसँग भेट्नुअघि ओलीले प्रचण्डसँग पनि राष्ट्रपति निर्वाचनको विषयमा छलफल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।