घाटमा जलाउन ठिक्क पारिएको शव प्रहरी नियन्त्रणमा
प्रतिकात्मक तस्वीर

जनकपुरधाममा घाटमा जलाउन लगिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको शमशान घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा बस्दै आएकी ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रीमानले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि मृतकको शव नियन्त्रणमा लिएको जनाइएको छ । मृतक महिलाको शरिरमा चोट र निलडाम देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले घाटमा जलाउन लगेको एक महिलाको शव प्रहरीले उजुरीका आधारमा नियन्त्रणमा लिएको जानकारी दिए । 
सुनितालाई उनका श्रीमान शेखर बहादुर कार्कीले कुटपिट गरेर मारेको भन्ने उजुरीका आधारमा प्रहरीले घटनाको जाँचबुझका लागि मृतकको शव नियन्त्रणमा लिएको उनले बताए । 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान जनकपुरधाम–४ बस्ने ४५ वर्षीय शेखर कार्की र २० वर्षीय सागर साहलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबैजना कवाडको काम गर्ने मजदुर हुन् । 

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार २०:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया