जनकपुरधाममा घरको गेट खस्दा ३ वर्षीय बालकको मृत्यु

जनकपुरधाममा घरको फलामे गेट खस्दा किचिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने आलम राइनका ३ वर्षीय छोरा अलि हुसैन रहेको प्रहरीले जनाएको छ ।  

बालक सडकमा खेलिरहेको बेला बाबा पेट्रोल पम्पका सञ्चालक विष्णुदेव साहको घरको फलामे गेट खसेको थियो । साहको घरको फलामे गेट सडकतर्फ खस्दा किचिएर बालक अलिको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यता मृतक बालकको परिवारका सदस्यले विष्णुदेव साहकी बुहारी सोनमले दुस्मनीका कारण अलिको शरीरमाथि जानीजानी गेट खसालेको आरोप लगाएका छन् । 

मृतक बालकका आफन्त आक्रोशित हुँदै साहको घर तोडफोड गर्ने प्रयाससमेत गरेका थिए । त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि अवस्था सामान्य भएको थियो ।  





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार २०:३१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया