इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा

आयोजक दक्षिण अफ्रिका आठौं संस्करणको आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो । 

केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो । 

अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खेल्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई ५ रनले हराउँदै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो । 





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार ८:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया