जसपा सरकारमा सहभागी हुन तयार छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनका कारण सत्तासमीकरणमा आएको परिवर्तनले सरकारमा पनि असर पर्ने बताएका छन् । 

शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति निर्वाचनपश्चात सरकार परिमार्जन हुने र जसपा सरकारमा जाने बताएका हुन् । 

अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने उनले बताए । उनले कांग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति सुनिश्चित भएको बताए । 

उनले भने, ‘अब जसपा पनि सरकारमा सहभागी हुन तयार छ । नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने भएको छ । राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको छ ।’

अध्यक्ष यादवले अब हुने सत्तासमीकरणले प्रदेशले थप अधिकार पाउने जिकिरसमेत गरे ।





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार ११:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया