सामाजिक सञ्जालबाट अलग्गिने सेलेनाको घोषणा

हलिउडकी प्रख्यात गायिका, अभिनेत्री तथा निर्मात्री सेलेना गोमेजका हालका दिनमा चर्चामा छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा एउटा रेकर्ड बनाएकी छन् । उनी इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेकी छन् । 

उनले काइली जेनरलाई पछि यो मामलामा पछि पारेकी छन् । उनले इन्स्टाग्राममा रेकर्ड राखिरहँदा सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् । 

सेलेनाको इन्स्टाग्राममा २ सय ८३ मिलियन फलोअर छन् । जबकि काइलीको इन्स्टामा ३ सय ८० मिलियन फलोअर छन् । सेलेनाअघि यो रेकर्ड काइलीको नाममा थियो । 

यद्यपि, यी सबै सफलताका बाबजुद पनि सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् । ‘म धेरै खुशी छु । म धन्य पनि छु । सारा विश्वमा मेरा राम्रा साथी र राम्रा फ्यान छन् । म यो भन्दा बढी खुशी हुन सक्दिनँ । म ठीक छु । म जस्तो छु, मलाई मनपर्छ । मलाई चिन्ता छैन’, उनले भनेकी छन् ।

३० वर्षीया सेलेनाले आफू सामाजिक सञ्जालबाट टाढिन लागेको स्पष्ट पारेकी छन् । ‘म सामाजिक सञ्जालबाट टाढिँदै छु । किनकि यो थोरै मूर्खतापूर्ण हुन्छ । म ३० वर्षको भएँ । म तपाईंहरुलाई धेरै माया गर्छु । म चाँडै तपाईंहरुलाई भेटन आउँदै छु । मलाई अहिले हरेक कुराबाट ब्रेक लिनु छ’, उनले भनेकी छन् ।

सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा पहिलोपटक होइन । उनले यसअघि पनि कैयौंपटक मानसिक स्वास्थ्यलाई हवाला दिँदै सामाजिक सञ्जालबाट ब्रेक लिईसकेकी छन् । 



सन् २०१४ मा गायिकाले आफूलाई बाइपोलर भएको खुलासा गरेकी थिइन् । यो डिप्रेसनभन्दा एक तहमाथि हुन्छ । यद्यपि उनले हार मानिनन् र यो मानसिक रोगसँग लामो समय लडिन् ।



  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १७:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया