नेपालले आइसिसी यू–१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ।
ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेको हो ।
लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।
नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू(
१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।