एजेन्सी- अमेरिकामा भएकाे एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएकाे छ । ओखर खानाले समस्याहरुबाट छुट्कारा पाइने मात्र होइन, एकाग्रताकाे स्तर पनि निकै सुधार हुने त्याे अध्ययनले निष्कर्ष निकालेकाे छ । न्युट्रेन्ट जर्नलमा छापिएअनुसार नियमित रुपमा ओखर खानाले डिप्रेसनबाट हुने समस्याबाट पनि मुक्ति पाइन्छ ।
नियमित ओखर खानेहरुलाई डिप्रेसन हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्याे जर्नलमा जनाइएकाे छ ।
अध्ययनका अनुसार ओखरले शरीरमा उर्जामा वृद्धि मात्र गर्दैन, यसले एकाग्रताकाे स्तर पनि निकै बढाउँछ । एक विश्वविद्यालयका शाेधार्थीले याे अध्ययनका लागि ६ सय मानिसहरुलाई सहभागि गराएका थिए । यसअघि मुटु राेगसँग सम्बन्धित रहेर पनि ओखरबारे शाेध गरिएकाे थियाे । यसपटक डिप्रेसनकाे विषयमा केन्द्रित रहेर गरिएकाे शाेधले पनि राम्राे नतिजा निकालेकाे छ ।
यतिमात्र हाेइन ओखर खाँदा दम हुने समस्यामा पनि कमी आउने अध्ययनले जनाएकाे छ । ओखरमा हुने भिटामिन ई का कारण अन्य राेगहरुबाट पनि यसले टाढा राख्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।