सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सिरिज खेल्न विदेश जान पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा विदेश जान नपाउने गरी दिएको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत गएका थिए ।

शुक्रबार भएको सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा निवेदकले माग गरेबमोजिम कुनै आदेश दिन मनासिव नभएको भन्दै आजलाई पेस तोक्न आदेश दिएको थियो ।  

खतिवडाको इजलासले महान्यायाधीवक्ताको कार्यालयले धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध दिएको रिटसमेत सँगै पेस गर्न आदेश दिएको छ ।

दुबईमा सोमबार सुरु हुने आईसीसी विश्वकप लिग–२ का चार खेल खेल्न जाने गरी सन्दीपले दिएको रिट निवेदनमा तत्काल सुनुवाइ गरी टुंगो लगाउन आजलाई पेसी तोकिएको हो ।

लिग–२ अन्तर्गत हुने खेलमा नेपालले यूएई र पपुवा न्यूगिनीसँग दुई/दुई खेल खेल्दैछ । खेलका लागि राष्ट्रिय टिमका अन्य सदस्य शनिबार नै दुबई गएका छन् ।  





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार ९:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया